अमेरिकामा लुकेर बसेका खाग तस्कर शेर्पाविरुद्ध ‘रेडकर्नर नोटिस’

पत्रपत्रिकाबाट

आइतबार, २८ असोज २०७५, ०८ : १९
अमेरिकामा लुकेर बसेका खाग तस्कर शेर्पाविरुद्ध ‘रेडकर्नर नोटिस’

काठमाडौं । गैँडाको पाँचवटा खागसहित पक्राउ परेर पनि चलखेलका आधारमा छुटेका एक कुख्यात नेपाली खाग तस्करविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ । १४ वर्षदेखि फरार रहेका पेम्बा शेर्पाविरुद्ध नेपाल प्रहरीको सिफारिसमा रेड नोटिस जारी भएको हो । 

स्रोतका अनुसार शेर्पा अमेरिकामा रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रेडकर्नर नोटिसको प्रक्रिया अघि बढाएको हो । पर्याप्त प्रमाण संकलन भएपछि इन्टरपोलले गत साता शेर्पाविरुद्ध नोटिस जारी गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस