निर्मला हत्या प्रकरण : सूचना जुटाउँदै छानबिन टोली

पत्रपत्रिकाबाट

आइतबार, २८ असोज २०७५, ०८ : ०७
निर्मला हत्या प्रकरण : सूचना जुटाउँदै छानबिन टोली


कञ्चनपुर ।  निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा प्रहरीको भूमिका छानबिन गर्न गठित टोलीले सरोकारवालासँग भेटघाट तथा सूचना संकलन तीव्र पारेको छ । टोलीले निर्मलाको परिवार, अधिकारकर्मी, नागरिक समाजका अगुवा र पत्रकारसँग भेटघाट बढाएको हो । 

प्रहरीबाटै प्रमाण मेटाउने काम भएको गुनासोपछि प्रहरी प्रधान कार्यालयले भदौ ३१ मा तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । हालै एआईजीमा बढुवा भएका बस्न्यातले आवश्यक सूचना र सुझाव दिन सबैसँग आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस