रोम । बिहीबार इटलीको एउटा विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ । घटना दक्षिणी इटलीको ब्रिन्दसी विमानस्थलको हो । घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८० जनाभन्दा धेरै यात्रु थिए ।
बोइङको अर्को एउटा विमानमा अवतरणको समयमा मिलान बेर्गामो विमानस्थलमा टायर पड्किएको घटना भएको दुई दिनपछि यो घटना भएको हो । विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनाको समयमा विभानभित्र १८४ जना यात्रु रहेको र्यानएयरले भनेको छ ।
घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । पछि सो विमानको सट्टा अर्कोमा हालेर यात्रुहरूलाई गन्तव्यमा पुर्याइएको थियो । घटनाको तीन घण्टापछि विमानस्थलमा उडान सुचारु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु