गोरखा । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिए ।
“झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पुर्याएको छ”, उनले भने, “खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।
क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए । “पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ”, उनले भने, “तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।
विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ असोज २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन
रुकुम पश्चिमका २२ हजार घरधुरीमा जोडियो केन्द्रीय विद्युत्