लुम्बिनी । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेको हो ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक सय ३० शून्य मात्राका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो । बालबालिकालाई विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि