अब अनलाइनबाटै मन्त्रीको मोनिटरिङ

पत्रपत्रिकाबाट

शनिबार, २७ असोज २०७५, ०८ : ४६
अब अनलाइनबाटै मन्त्रीको मोनिटरिङ

काठमाडौं । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको समाचार राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् । 

सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक महिनाको ७ गते प्रत्येक निकायले अनलाइनमार्फत् प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्नेछ । कामको प्रगति विवरण प्रधानमन्त्री र उन मातहतका अधिकारीले अनुगमन र मूल्यांकन गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस