काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् । प्रक्रियागत र व्यक्तिगत गरी उनीविरुद्ध ६ वटा उजुरी दर्ता भएका हुन् । संसद् सचिवालयका अनुसार उजुरीको पोका आज खोलिने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेका राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । असोज ३ को समितिको बैठकले १० दिनको समय दिएर राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।
समितिमा ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधानन्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेको बताएको छ भने केही उजुरी प्रधानन्यायाधीश र राजदूतविरुद्ध संयुक्त छन् ।
संसदीय सुनुवाइ समितिको बैठक दिउसो १ बजे बस्दै छ । बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार