निर्मला हत्याकाण्ड : एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

पत्रपत्रिकाबाट

शनिबार, २७ असोज २०७५, ०७ : ५९
निर्मला हत्याकाण्ड : एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

महेन्द्रनगर । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुर पुगेको छ ।

घटनाको छानविनका लागि गत ३१ भदौँमा एआईजी धिरु बस्नेतको नेतृत्वमा ४ सदस्य टोलि गठन गरेको थियो । समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन ।

निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट गरेको स्थानयको आरोप पश्चात् थप अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको टोली शुक्रवार कञ्चनपुर पुगेको हो । कञ्चनपुर पुगेसंगै टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) संग भेटवार्ता गरेको स्रोतले बतायो । शनिवार स्थानिय सरोकारवालासंग भेटघाट तथा परामर्श गर्ने कार्यक्रम रहेको छ । यो खबर आजको नेपाल समचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस