शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

पत्रपत्रिकाबाट

शनिबार, २७ असोज २०७५, ०७ : ३६
शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

काठमाडौँ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।
नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । 
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” 

श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ । 

केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो । गाेरखापत्र दैिनकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस