कांग्रेस आफैंभित्र जुध्दै ठिक्क

पत्रपत्रिकाबाट

शनिबार, २७ असोज २०७५, ०७ : २९
कांग्रेस आफैंभित्र जुध्दै ठिक्क

काठमाडौँ । ‘कम्युनिस्टहरू फुट्लान् र कांग्रेसको पालो आउला भनेर पर्खाइमा बस्ने कि योजना र कार्यक्रम लिएर जनतामाझ जाने ?’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गत आइतबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवातिर संकेत गर्दै भनेका थिए, ‘न प्रतिपक्षीय भूमिकामा कांग्रेस प्रभावी छ न कुनै योजना र गन्तव्य ।’ 

सिटौलाले देउवाकै सामुन्ने भने तर हाकाहाकी भन्न नसक्ने केही नेता अनौपचारिक कुराकानीमा भन्छन्, ‘हाम्रा सभापतिलाई नीति, कार्यक्रम र योजनातिर त्यति चासो छैन । नेकपाभित्रको कलह बढेर आफ्नो पालो आइहाल्छ कि भन्ने पर्खाइमा छन् ।’

‘सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउनुको पछाडि त्यस्तै संकेतको एउटा कडी थियो,’ कांग्रेसका अर्का एक नेताले भने। उनको भनाइमा सरकारको नीति तथा कार्यक्रमलाई अन्जानमा या झुक्किएर नभई जानाजान समर्थन जनाइएको हो। कान्तिपुरमा विस्तृतमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस