काठमाडौ । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ।
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
निरन्तर वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ। उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ।
त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ।
उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन माइकिङ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा