बाँके । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ