काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर काठमाडौँबाट हेटौँडा जाने फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडान नम्बर–२ स्थित सुकौडामा पहिरो खसेको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले बताए ।
पहिरोका कारण भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको हो । घटनास्थलमा प्रहरी चौकी खानीखेतबाट टोली खटिएको छ । स्थानीय निकायसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध