काठमाडौं । देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।
मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार नारायणी, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ । शनिबार नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा अति उच्च जोखिम रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम