बैतडी । बैतडीमा बिहीबार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।
जिपमा ८ जना सवार थिए। अन्य २ जना सकुसल छन्। सामान्य घाइते ५ जना जिल्ला अस्पतालमा उपचारपछि राति नै घर फर्किएका थिए।
गम्भिर घाइते दिलिप नाथलाई थप उपचारका लागि राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हात र पिठ्युमा चोट लागेको छ।
दशरथचन्द नगरअन्तर्गत पर्ने छेला दुर्गाभवानी ग्रामीण कच्ची सडकमा जिप अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु