बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
गए राति १२ बजे खसेको पहिराले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् ।
पहिरो आउन संकेत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए । पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा पहिरोमा परेर १० घर जोखिममा
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध