काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । आयोगले एक सूचना जारी गर्दै संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दिनुपर्नेछ। आयोगका अनुसार असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन हुनेछ।
त्यस्तै कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ। स्थानीय तहका रिक्त ४१ पदका लागि आगामी मंसिर २ गते उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
६ लाख २० हजार नयाँ मतदाता थपिए