काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो ।
जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?