काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका २६ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् ।
धनुषाका केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २५ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा आबद्ध भएका हुन् । उनीहरूले अत्यन्तै मिहिनेत गरी बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् ।
‘नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु अघिदेखि नै पार्टीको विभिन्न स्वरूपमा सक्रियतापूर्वक साथ दिइरहेका थियौँ’, बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्त्वहरू नसुध्रिने छाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ