काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त छुट सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले अब बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा ८ प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।
नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
साथै, यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकको विश्वास रहेको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंक र ई–स्टप नेपालबिच विशेष सम्झौता