पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

पत्रपत्रिकाबाट

शुक्रबार, २६ असोज २०७५, ०८ : ५४
पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

काठमाडौं  । पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको समाचार आजको गोरखापत्रले छापेको छ । 
पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । 
कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस