काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन् ।
गएराती सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।
लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि...’
आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।
पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।
यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी
'वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !' : सचिवालयको स्पष्टीकरण (विज्ञप्ति सहित)
प्रधानमन्त्री कार्कीको ‘नातावाद बन्द’ को हुंकार... तर आफ्नो सचिवालयमै नातेदारको लाइन !
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ