न्युयोर्क । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीले मोदीसँग भेट गरेका हुन्।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको हो।
ओली र मोदीको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी थिए।
यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी
'वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !' : सचिवालयको स्पष्टीकरण (विज्ञप्ति सहित)
प्रधानमन्त्री कार्कीको ‘नातावाद बन्द’ को हुंकार... तर आफ्नो सचिवालयमै नातेदारको लाइन !
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ