काठमाडौँ। सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो ।
सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरूको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
उनले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिनु भएको छ । समितिका सभापतिहरूको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह