काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने निर्णय गरेको छ ।
गत साउन २७ देखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको पहिलो बैठकले सार्वजनिक कार्यक्रमलाई धेरै भड्किलो नबनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए ।
उनले भने, ‘जसपाको आन्तरिक कुनै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि भन्ने राख्दैनौं । एक जनाले अध्यक्षता गरेर चलाउँछौं ।’ उनले कुनै विशेष समाहोह भएको अवस्थामा अन्य पार्टीबाट आएका नेताहरुलाई अतिथि बनाए पनि पार्टीकै नेताहरुलाई औपचारिक अनौपचारिक कुनै पनि कार्यक्रममा अतिथि नराख्ने सुनाए।
यसअघि रवि लामिछाने नेतृत्वको रास्वपाले पनि पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट