काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिए । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उनले बताए । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।
उनका अनुसार यस पटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रूपमा रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक