काठमाडौँ । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो ।
नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो ।
युएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए । त्यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो ।
यो जितपछि लिग-२ मा युएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
युएई जाने श्रमिक बढी खर्च र प्रक्रियागत झन्झटमा, यस्तो छ कारण
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
युएईले दियो क्रिकेट खेलाडीलाई भिसा