हेटौंडा। बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ । संविधान दिवसको उपलक्ष्यमा आज पलेशालाई हेटौँडा बजार परिक्रमा गराई औपचारिक समारोहकाबीच सम्मानित गरिएको हो ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो ।
त्यस्तै एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरूलाई मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि