हेटौंडा। बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ । संविधान दिवसको उपलक्ष्यमा आज पलेशालाई हेटौँडा बजार परिक्रमा गराई औपचारिक समारोहकाबीच सम्मानित गरिएको हो ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो ।
त्यस्तै एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरूलाई मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट