बेइजिङ । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ ।
जापानी विद्यालय नजिक चीनमा हालैका महिनामा भएको यो दोस्रो चक्कु प्रहारको घटना हो । ती बालकमाथि विद्यालयको गेटभन्दा २०० मिटर पर आक्रमण भएको चीनको विदेश मन्त्रालयले भनेको छ ।
यस घटनामा ४४ वर्षीय संदिग्धलाई घटनास्थलबाट पक्राउ गरेर हिरासतमा राखिएको छ । जापानी र चिनियाँ अधिकारीहरूले पीडितको राष्ट्रियता खुलाएका छैनन् । तर सेञ्झेनमा रहेको सो जापानी विद्यालयमा पढ्न जापानी राष्ट्रियता चाहिन्छ ।
विद्यालय जाँदै गरेको बालकमाथि भएको आक्रमणलाई जापानको विदेश मन्त्री योको कामिकावाले निन्दनीय बताएका छन् । यसलाई आफूहरूले निकै गम्भीर रूपमा लिएको र त्यहाँ रहेका जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिने उनले बताए ।
जुनमा पनि पूर्वी चीनमा एक चिनियाँ पुरुषले जापानी महिला र उनको छोरामाथि विद्यालय बसकै अगाडि चक्कु हानेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा