चितवन। चितवनको माडी नगरपालिका–१ बरुवामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी महतोको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य जारी छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते