पौडेल-सिटौलाको चेतावनीले बैठक स्थगित

पत्रपत्रिकाबाट

विहीबार, २५ असोज २०७५, ०८ : १०
पौडेल-सिटौलाको चेतावनीले बैठक स्थगित

काठमाडौं । नेपाल विद्यार्थी संघको विधानमा लगाइएको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ ।

संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२औं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी बहुमतबाट निर्णय गरेपछि कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्केको हो ।
सो विषयमा विवाद बढेपछि बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित गरिएको छ । राजधानी दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस