बसबाट खसेपछि उनी सडकमै छट्पटाईरहे...

पत्रपत्रिकाबाट

विहीबार, २५ असोज २०७५, ०७ : ४७
बसबाट खसेपछि उनी सडकमै छट्पटाईरहे...

सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । 

सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए । 

राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । 

चालक र यात्रु कसैले थापा पाएनन् । 

बस आफ्नै रफ्तारमाा कुदिरह्यो । 

पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे । 

सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो ।

उनको उद्धारमा कोहि अघि सरेनन । 
केहिबेरपछि उनको उद्धार भयो । 

एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । 

चिकित्सकले उनको मृत्यु भईसकेको बताए । 

उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो । 

सडकमा खसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस