काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।
३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले दसैँमा नयाँ नोट नदिने, सुकिला नोट कहिलेदेखि ?
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा
५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै