काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।
भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा
५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै