काठमाडौँ । सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।
सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
२०८२ सालमा यी ८८ दिन सार्वजनिक बिदा (सूची)
आज मगर एकता दिवस, नवलपुरका स्थानीय तहमा सार्वजनिक बिदा
जनकपुर बोल्ट्सले एनपीएल उपाधि जितेको उपलक्ष्यमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा
पञ्चेश्वरले दियो दुई दिन सार्वजनिक बिदा