काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए ‘ब्रान्डिङ’ र निर्यात गर्न सकिने बताएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजार प्रवर्द्धन गर्न सकिने नेपालका यस्ता कयौँ मौलिक उत्पादन भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राखे ।
‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो, तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनका ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायी योजना बनाएर आउनुस, हामी के गर्न सक्छौं, गर्छौं,’ ढकालले भने ।
अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने ढकालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारले निजी क्षेत्रमैत्री दीर्घकालीन नीति ल्याउनुपर्नेमा चन्द्रप्रसाद ढकालको जोड
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
‘पर्यटन प्रवर्द्धनमा लैंगीक संवेदनशील र लचिलोपन आवश्यक’ : चन्द्रप्रसाद ढकाल
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह