काठमाडौँ । पछिल्ला केही दिनमा सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेको छ । आज (मंगलबार) नेप्सेमा १३ अंकको गिरावट आयो । सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले झरेको थियो ।
यो साताको तीन दिनमा मात्रै परिसूचक ६९ अंकले घटेको छ । आइतबार २७०१ बिन्दुमा रहेको बजार मंगलबार २६३२ अंकका ओर्लिएको छ ।मंगलबार कारोबार रकम पनि घटेको छ । यसअघि १० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको थियो ।
मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार व्यापार उपसमूहको सूचक ०.७९ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।
मंगलबार कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यस्थिर रह्यो भने ६७ कम्पनीको मूल्य बढेको छ ।
मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले मंगलबार हाइड्राइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी शीर्षमा रह्यो । यसको कुल २९ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १७७ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से दोहोरो अंकले बृद्धि, सात अर्ब बढीको कारोवार
नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडकाे काराेबार
नेप्सेमा ४४ अंकको वृद्धि , ३ अर्ब ७१ करोडको कारोबार
नेप्सेमा २३ अङ्कको गिरावट
४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो
नेप्से परिसूचकमा उच्च अंकको गिरावट