काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर सुझाव लिएका हुन् ।
विधेयकको मस्यौदाबारे आइतबार दिउँसो सुरक्षा अधिकारीसँग गरेपछि गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका थिए । प्रहरी ऐन संशोधनका लागि बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।
बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधन गर्ने विधेयकमा सकारात्मक र परिणाममूखि छलफल भएको गृहमन्त्री लेखकले बताए ।गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय-पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रहरीको विधेयक दुई साताअघि नै पठाइएकोमा सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ ।साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय सुन्नु भएको थियो ।
गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्वप्रमुखहरूको पनि राय-सुझाव सुनेका थिए ।यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैं सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय लिएका थिए ।
गृहमन्त्री लेखकले मन्त्री भएको १०० दिनभित्र प्रहरी ऐनलाई संसदमा लैजाने लक्ष्य राखेका थिए । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ
राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा माग
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
कान्छारामलाई राजीनामाको दवाव दिने गृहमन्त्री आफैंले के गर्लान् ?
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक