एजेन्सी । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए ।
यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ । ब्राजिल अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको भने ७ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित
फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित
ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए