काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समर्थकले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजलाई तारो बनाएका छन् ।
बालेनले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् ।
बालेनका समर्थकहरूले ओलीको फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।
मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेको छ । यो अभियानबाट मंगलबारयता ३० हजार बढीले ओलीको पेज अनलाइक गरेका छन् ।
सर्वोच्चको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले खोलाको मापदण्डबारे एक निर्णय गरेपछि एमाले बालेनसँग आक्रोशित बनेको छ । बालेनले आफ्नो निर्णय बचाउमात्रै गरेका छैनन्, एमालेमाथि पनि आक्रोश पनि पोख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति