काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समर्थकले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजलाई तारो बनाएका छन् ।
बालेनले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् ।
बालेनका समर्थकहरूले ओलीको फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।
मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेको छ । यो अभियानबाट मंगलबारयता ३० हजार बढीले ओलीको पेज अनलाइक गरेका छन् ।
सर्वोच्चको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले खोलाको मापदण्डबारे एक निर्णय गरेपछि एमाले बालेनसँग आक्रोशित बनेको छ । बालेनले आफ्नो निर्णय बचाउमात्रै गरेका छैनन्, एमालेमाथि पनि आक्रोश पनि पोख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना