बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०७५, १३ : ०५
बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

बझाङ । जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा  साढे ६ बजे से १ ज ७२६ नम्बरको  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् । मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का  धन बहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ की बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ । 

जीपमा सवार गर्दै आएका १४ जना मध्ये  २ जनाको घटनास्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए । जीप सडकभन्दा २०० मिटर तल खसेको थियो ।  दुर्घटनाको कारण नखुलेको  र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस