काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।
'साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।
अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।
उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । उनी आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक