काठमाडौँ । संयुक्त राष्ट्र संघका एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गर्न लागेका छन् ।
संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुको यो अभियान आइतबारदेखि सुरु हुँदैछ । यद्यपि, यो अपरेशन इजरायल र हमासबीचको स्थानीय युद्धविराममा पनि निर्भर रहने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस अभियानको सफलताका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका १० वर्ष मुनिका कम्तीमा ९० प्रतिशत बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने बताएको छ ।
गाजामा एक बालकमा पोलियोको संक्रमण देखिएपछि पोलियो खोप अभियानमा यो कदम चालिएको हो । गाजामा २५ वर्षमा देखिएको यो पहिलो पोलियो केस हो । यो घटना बाहिर आएपछि संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाका धेरै बालबालिका पोलियोबाट संक्रमित हुनसक्ने र छिट्टै कदम नचालेमा यो भयावह रूपमा फैलिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ भदौ २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ