नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।
आइतबार (आज) बिहान उनले रंगशाला अवलोकन गरेका हुन । अवलोकन पश्चात् पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने बताए । प्रचण्डले शनिवार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका थिए ।
यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरू पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगञ्ज रंगशालाको उपयोग गरेर फाइदा लिनुपर्ने बताए । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएको उनको भनाइ छ । रंगशालामा स्वागत गर्ने पूर्वखेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’, खेल पदाधिकारी तथा खेलाडी भाइबहिनीहरूलाई उनले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’