नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।
आइतबार (आज) बिहान उनले रंगशाला अवलोकन गरेका हुन । अवलोकन पश्चात् पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने बताए । प्रचण्डले शनिवार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका थिए ।
यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरू पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगञ्ज रंगशालाको उपयोग गरेर फाइदा लिनुपर्ने बताए । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएको उनको भनाइ छ । रंगशालामा स्वागत गर्ने पूर्वखेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’, खेल पदाधिकारी तथा खेलाडी भाइबहिनीहरूलाई उनले धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग