काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।
अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो ।
उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे ।पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
निजी क्षेत्रलाई नडराउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग