नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन्।
त्यसक्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालमा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको बताए। हिजो मात्रै उनले सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको पनि अवलोकन गरेका थिए।
नेपालगन्ज रंगशालाको अवलोकनपछि अध्यक्ष प्रचण्डले भने, ‘पश्चिम नेपालमा खेलकुदका संरचनाको विकास हुँदै जानु खुशीको कुरा हो।’
माओवादी नेतृत्वको सरकार भएको बेलामा रंगशालाको निर्माणले गति लिएको दाबी पनि उनले गरे। ‘खासगरी हाम्राे पार्टीका नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, प्रचण्डले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्त्वको छ।’
यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जमा खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड