नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन्।
त्यसक्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालमा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको बताए। हिजो मात्रै उनले सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको पनि अवलोकन गरेका थिए।
नेपालगन्ज रंगशालाको अवलोकनपछि अध्यक्ष प्रचण्डले भने, ‘पश्चिम नेपालमा खेलकुदका संरचनाको विकास हुँदै जानु खुशीको कुरा हो।’
माओवादी नेतृत्वको सरकार भएको बेलामा रंगशालाको निर्माणले गति लिएको दाबी पनि उनले गरे। ‘खासगरी हाम्राे पार्टीका नेता महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, प्रचण्डले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्त्वको छ।’
यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जमा खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता