काठमाडौँ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले ६० प्रतिशत जनसंख्यालाई आश्रय दिइरहेको चुरे विनाश तत्काल नरोकिए नेपालको तराईको भूगोल मरुभूमिकरण हुनेतर्फ सचेत गराउनुभएको छ ।
काठमाडौंमा आयोजन भएको १५० औं महात्म गान्धी जयन्तीको अवसरमा नेपालको शान्तिपूर्ण रुपन्तरणमा गान्धीको सन्दर्भिकता विषय कार्यक्रममा बोल्दै यादवले चुरे संरक्षणका विषयमा कलम चलाउन लेखक, बुद्धिजीविहरुलाई आग्रह गर्नुभयो । पूर्वराष्ट्रपति यादवले गान्धीको दर्शन विश्वका लागि महत्वपूर्ण भएको स्मरण गराउनु भयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले विश्व इतिहासमा गान्धी शान्तिका दुत भएको बताउँदै गान्धीले गरेका कार्यलाई पछ्याएमा विश्वमा शान्ति छाउने बताउनुभयो । गान्धीको अहिंसादवादी दर्शन र त्यसले विश्वमा पारेको प्रभावबारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गान्धीको अहिंसावादी दर्शन विश्वकै लागि महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँको प्रेरणाबाटै नेपालमा पनि सशस्त्र द्वन्द्व शान्तिपूर्ण रुपान्तरण सम्भव भएको बताउनु भयो ।
कार्यक्रम नेपाली कांग्रेसका नेता प्रदिप गिरी गान्धीको प्रभाव नेपालमा परेकाले शान्तिको वातावरण भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस