सुर्खेत। घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उनले उल्लेख गरे ।
बुधवार आएको हावाहुरीबाट भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ ।
नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको मकैमा अमेरिकन फौजी कीराको संक्रमण
मकैमा फौजी कीराको समस्या, किसान चिन्तित
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन
केरा खेती मासेर व्यावसायिक मकै खेती
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै