टोकियो । दक्षिणी जापानमा तीन जनाको मृत्यु भएको छ । शक्तिशाली ताइफुका कारण गएको पहिरोमा परेर एकै परिवारको तीन जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी जापानको क्युशु टापुमा स्थानीय समयअनुसार बिहान ८ बजेतिर शानशान ताइफु आपुगेको जापानको मौसम विभाग (जेएमए)ले भनेको छ ।
एजेन्सीले ताइफुबारे दुर्लभ जारी गर्ने विशेष चेतावनी पनि जारी गरेको थियो । टापुमा प्रतिघन्टा २५२ किमिको दरले आँधी चलेको थियो । ताइफुको प्रकोपबिच ७० वर्ष उमेर समूहका एक दम्पती र ३० वर्ष उमेर समूहका एक पुरुषको निधन भएको थियो ।
यी तीनै जना एउटै परिवारको भएको बताइएको छ । परिवारका अन्य दुई सदस्यको भने उद्धार गरिएको स्थानीय समाचार च्यानल एनएचकेले भनेको छ । गएको २४ घनमा क्युशुको केही क्षेत्रमा ६०० एमएम जति पानी परेको थियो । साढे २ लाखभन्दा बढी घर बिजुलीविहीन छन् ।
आँधीका कारण रुखहरू ढलेको, घरका छानाको टायल उडाएको अनलाइनमा पोष्ट भएका भिडियोले देखाएका छन् । ताइफुका कारण कागोशिमा र मियाजाकीमा कम्तिमा ३९ जना घाइते भएको बताइएको छ ।
बिहिबार टोयोटा र निशान लगायत मुख्य कार निर्माताहरूले कर्मचारीको सुरक्षालाई उद्धृत गर्दै आफ्नो कारखाना बन्द गरेका छन् । दक्षिणी जापानतर्फ आउने जाने सयौँ उडान रद्द भएका छन् । उच्च गतिको केही रेल सेवा पनि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन