काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अस्थिर राजनीतिले देशको छवि खस्किएको र सरकार परिवर्तनको प्रभाव राजदूत नियुक्तिमा देखिनु दुःखद भएको बताए । श्रेष्ठले राजदूत नियुक्ति निर्देशिका २०७५ पालना नगरी राजदूत नियुक्ति गर्दा त्यस्तो भएको बताए ।
राजदूत लामो समय नियुक्त भएन । दुइ ठूला दल मिलेर सरकार बनेपनि राजदूत नियुक्ति ढिलाइ किन भएको हो ? भागवण्डाले हो ?‚’ उनले भने । सांसद श्रेष्ठले राजदूत पद राजनीतिक भर्तिक केन्द्र नभएको भन्दै राजदूत दलको हुन्छ देशको भन्ने प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचारको पैसा सफ्टवेयरबाट बाँड्नेहरू हामीलाई सदनमा प्रतिबन्ध लगाउन खोज्दैछन्: विराजभक्त श्रेष्ठ
सरकारलाई रास्वपा सांसद श्रेष्ठका ५ सुझाव